आज:  | Fri, 29, May, 2026

टोखामा विष्णुमती खोलाले बगाएको कारबाट महिला सकुशल उद्धार

दिशा निर्देश June 26, 2025 मा प्रकाशित (११ महिना अघि)

काठमाडौं — काठमाडौंको टोखामा विष्णुमती खोलाको बाढीले बगाएको कारभित्र रहेकी एक महिलालाई नेपाल प्रहरी र स्थानीयवासीले सकुशल उद्धार गरेका छन्।

हिजो राति करिब १० बजे टोखास्थित ग्राण्डी अस्पताल नजिकैबाट दाङ तुलसीपुर घर भइ टोखामा बसोबास गर्दै आएकी ३४ वर्षीया भावना ओली सवार बाग्मती प्रदेश ०३१ च ६१४१ नम्बरको कार खोलाले बगाएको थियो।

प्रहरीका अनुसार कार चालकले बाढी आएको देखेपछि तुरुन्तै गाडीबाट हाम फालेर आफू जोगाएका थिए। तर कारभित्र रहेकी भावना ओली भने खोलासँगै बग्न पुगेकी थिइन्।

घटनापछि प्रहरी र स्थानीयवासीहरूले खोलालाई पछ्याउँदै बानियाटार पुल नजिकैबाट उनलाई सकुशल उद्धार गरेका हुन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

खोलाले बगाएको कारलाई पछि क्रेनको सहायताले निकालिएको जनाइएको छ।


सम्बन्धित खबरहरु