आज:  | Thu, 07, May, 2026

चीन भ्रमणमा प्रधानमन्त्री ओली, जिनानको धान उत्पादन क्षेत्र अवलोकन

Avatar photo दिशा निर्देश १५ भाद्र २०८२, आईतवार १०:२३ मा प्रकाशित (८ महिना अघि)

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जिनान जिल्लामा रहेको धान उत्पादन विशेष क्षेत्रको अवलोकन गरेका छन्।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आइतबार बिहान ओलीले जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको विस्तृत भ्रमण गरेका हुन्।

शनिबार बिहान चीन पुगेका प्रधानमन्त्री ओली हाल जियानजिनमा रहेका छन्। उनी साङ्घाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा सहभागी हुन थियानजिन पुगेका हुन्। भ्रमणका क्रममा शनिबार नै उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरिसकेका छन्।


सम्बन्धित खबरहरु