आज:  | Fri, 29, May, 2026

गौर हत्याकाण्ड प्रकरणमा सर्वोच्चको आदेश विरुद्ध समाजवादी विद्यार्थी युनियनको प्रदर्शन

दिशा निर्देश August 19, 2025 मा प्रकाशित (९ महिना अघि)

काठमाडौँ । जसपा नेपाल निकट समाजवादी विद्यार्थी युनियनले गौर हत्याकाण्डसम्बन्धी सर्वोच्च अदालतको आदेशको विरोधमा मंगलबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्वार्थका लागि षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई मुछिएको आरोप लगाएका छन्।

उनीहरूका अनुसार भूमि अध्यादेशमा जसपा नेपालले संसद्मा समर्थन नगरेको कारण ओलीले सर्वोच्चमार्फत गौर हत्याकाण्ड प्रकरणलाई अघि सारेर यादवमाथि आरोप लगाइएका हुन्।


सम्बन्धित खबरहरु