आज:  | Fri, 29, May, 2026

गृहमन्त्री अर्यालद्वारा सुरक्षा निकायका प्रमुखसँग समसामयिक विषयमा उच्चस्तरीय छलफल

दिशा निर्देश October 9, 2025 मा प्रकाशित (७ महिना अघि)

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा तीन वटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल गरेका छन्।

छलफलमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए।

गृहमन्त्री अर्यालले पछिल्लो राजनीतिक अवस्थासँगै देशभरको सुरक्षा व्यवस्थापन र विपद् जोखिम न्यूनीकरण सम्बन्धी तयारीबारे जानकारी लिएका छन्। बैठकमा आन्तरिक सुरक्षा चुनौती, सीमाक्षेत्रको निगरानी, विपद् व्यवस्थापनमा संयोजन, र आगामी चाडपर्वका समयमा अपनाइने सुरक्षा रणनीतिबारे समेत छलफल भएको बताइिएको छ।

मन्त्रालयका एक अधिकारीका अनुसार, गृहमन्त्रीले सबै सुरक्षा निकायबीच आपसी समन्वय र तत्काल प्रतिक्रियात्मक क्षमता अझ सुदृढ बनाउन निर्देशन दिएका छन्।


सम्बन्धित खबरहरु