आज:  | Fri, 29, May, 2026

गाजामा इजरायली आक्रमणमा ११५ को मृत्यु, राहत आपूर्ति अवरुद्ध भएको ७२ दिन पुग्यो

दिशा निर्देश May 17, 2025 मा प्रकाशित (१ साल अघि)

काठमाडौं । इजरायलले गाजा क्षेत्रमा गरिरहेको सैन्य कारबाहीमा हालसम्म ११५ जनाको मृत्यु भएको छ। इजरायली कारबाहीले गाजामा राहत आपूर्ति गर्न अवरोध सिर्जना गरेको ७२ दिन पुगिसकेको छ।

संयुक्त राष्ट्रसंघका वरिष्ठ अधिकारी टम फ्लेटचरले एक विज्ञप्ति जारी गर्दै गाजामा तत्काल राहत पुर्‍याउन वैकल्पिक बाटो खोज्नुपर्ने आवश्यकता औँल्याएका छन्।

उनका अनुसार गाजाका लागि एक लाख ६० हजार प्लेट खाद्यान्न पठाउन तयारी गरिएको छ। उनले राष्ट्रसंघको राहत अभियान मानवीय र पूर्णतः निष्पक्ष भएको उल्लेख गर्दै, यसमा थुप्रै अन्तर्राष्ट्रिय निकायको सहकार्य रहेको जानकारी दिएका छन्।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गाजाको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। मध्यपूर्व भ्रमणबाट फर्कने क्रममा ट्रम्पले गाजा स्वतन्त्र हुनुपर्ने धारणा राख्दै त्यहाँको मानवीय संकटबारे गहन छलफल गरेको बताएका छन्।

यसअघि ट्रम्पले गाजाका करिब १० लाख नागरिकलाई लिबियामा सार्न योजनाबद्ध प्रयास भइरहेको जानकारी दिएका थिए।


सम्बन्धित खबरहरु