आज:  | Fri, 29, May, 2026

काभा महिला नेशन्स लिग : इरानसँग पराजित नेपाल आज माल्दिभ्स भिड्दै

दिशा निर्देश August 5, 2024 मा प्रकाशित (१ साल अघि)

काठमाडौं : काभा महिला नेशन्स लिगको समूह चरणको अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ।

खेल नेपाली समयअनुसार सोमबार दिउँसो सवा तीन बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ।
आइतबार भएको खेलमा नेपाल इरानसँग ३-२ को सेटमा पराजित भएको थियो। पहिलो सेट १६-२५ ले गुमाएको नेपाल दोस्रो सेटमा २५-१६ ले विजयी भयो।

तेस्रो सेटमा इरान २५-२३ ले विजयी भए पनि चौथो सेटमा भने १५-२५ ले पराजित भएको थियो। अन्तिम सेटमा इरानले नेपाललाई १५-१३ ले पराजित गरेको थियो।

जारी प्रतियोगितामा नेपाल तीनमध्ये दुई खेलमा विजयी भएको छ। नेपालले पहिलो खेलमा श्रीलंकालाई र दोस्रो खेलमा भारतलाई पराजित गरेको थियो।

इरानले ४ खेलबाट ७ अंक बनाउँदा नेपालले ३ खेलबाट ६ अंक बनाएको छ। भारतसँग ७, श्रीलंकासँग ४ र माल्दिभ्स अंकविहीन छ।


सम्बन्धित खबरहरु