आज:  | Fri, 29, May, 2026

कर्णाली याक्सबाट खेल्न नेपाल आइपुगे हङकङका बाबर हायत

दिशा निर्देश November 27, 2024 मा प्रकाशित (१ साल अघि)

कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन्। मङ्गलबार अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका उनलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह-मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरे।

३२ वर्षीय बाबरले हङकङका लागि ७९ टी-२० आई खेलमा एक हजार ९ सय १० रन बनाएका छन्। उनको स्ट्राइक रेट १३२.२७ छ। हङकङका लागि उनले दुई सतक र १० अर्धशतक बनाएका छन्। उनले सन् २०२४ मै नेपालविरुद्ध नै एक सय १० रन बनाएका थिए। ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ।

कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ ।


सम्बन्धित खबरहरु