वीरगन्ज । नेपाल कमर्शियल आर्टिस्ट संघ पर्सा जिल्ला कार्य समितिको आयोजनामा शनिबार आमाको माया छात्रावास, आदर्शनगर–१०, वीरगन्जमा खाद्यान्न तथा पठन–पाठन सामग्री वितरण गरिएको छ ।
कार्यक्रम संघका जिल्ला अध्यक्ष मनीष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपाध्यक्ष सन्दीप साह, सचिव रामनरेश चौरसिया, कोषाध्यक्ष सद्दाम हुसैनसहित जिल्ला कार्यसमितिका अन्य सदस्यहरूको उपस्थिति थियो । साथै वरिष्ठ सल्लाहकार आजाद अली, देवराज श्रेष्ठ, शंकर मानन्धर र कमलेश सराफ पनि सहभागी भएका थिए ।
संघले संकलन गरिएको नगद राशीबाट खरिद गरिएको सामग्री छात्रावासका सचिव कृष्ण खनाललाई हस्तान्तरण गरिएको हो । समाजप्रति संस्थाको दायित्वबोधअनुसार यस्तो सहयोगात्मक कार्यक्रम गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
