आज:  | Fri, 29, May, 2026

आज साउन महिनाको अन्तिम सोमबार, शिवालयमा दर्शनार्थीको भिड

दिशा निर्देश August 12, 2024 मा प्रकाशित (१ साल अघि)

आज साउन महिनाको अन्तिम सोमबार । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

वीरगञ्जको अलखिया मठस्थित मन्दिर, चिनीमिलको पशुपति मन्दिर लगायतमा पनि दर्शनार्थीको भिड छ ।

साउन महिना र सोमबार भगवान् शिवजीको प्रिय महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

सोमबारको व्रत गर्ने भक्तजनले आज व्रत पूरा गरी उद्यापनका लागि गोदान र पूर्णपात्र गर्ने विधि रहेको छ ।


सम्बन्धित खबरहरु