काठमाण्डौ । अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको तीन खेलको टी–२० शृङ्खला आजदेखि शुरु हुँदैछ । अस्ट्रेलियाको डार्विनमा नेपाली समयअनुसार दिउँसो ३ बजे खेल शुरु हुने छ ।
यो शृङ्खला दुवै टोलीले अर्को वर्ष भारत र श्रीलङ्कामा हुने विश्वकपको तयारीका रूपमा लिएका छन् । घरेलु टोली अस्ट्रेलिया मिचेल मार्शको र पाहुना टोली दक्षिण अफ्रिका एडेन मार्क्रमकाे कप्तानीमा खेल्दैछन् ।
यो शृङ्खलापछि अस्ट्रेलिया र दक्षिण अफ्रिकाले तीन खेलको एकदिवसीय श्रृंखला पनि खेल्नेछन् । एकदिवसीय खेल अगस्ट १९ अर्थात् भदौ ३ गतेदेखि शुरु हुनेछ ।
