अस्ट्रेलियाका धेरै तटीय क्षेत्रमा ठूला छालहरूले ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ। न्यु साउथ वेल्स र भिक्टोरिया राज्यको तटबाट अरु दुई जना बेपत्ता छन्।
एक दिनअघि यहाँ छुट्टाछुट्टै घटनामा ५८ वर्षीय माझी र अन्य दुई जना मृत फेला परेका थिए।
यसैबीच उद्धार टोलीहरूले सिड्नीनजिकै पानीले बगाएको एक व्यक्तिको खोजी गरिरहेका छन्।
शुक्रबार भिक्टोरियाको सान रेमोमा केही मानिस समुद्रमा बगेका थिए। तीमध्ये एक महिलाको डुबेर मृत्यु भएको छ भने अर्का एक पुरुष बेपत्ता छन्।
