काठमाडौँ । दक्षिणी लेबनानको ऐन–अल–हिलवे शरणार्थी शिविरमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको छ भने अरू धेरै घाइते भएका छन्।
अल जजिराका अनुसार, यो गत वर्षको युद्धविरामपछि लेबनानमाथि भएको सबैभन्दा घातक आक्रमण हो। इजरायली ड्रोनले सिदोन क्षेत्रमा पार्क गरिएको कारलाई निशाना बनाएको थियो।
इजरायली सेनाले आफ्नो आक्रमण हमासले प्रयोग गर्ने तालिम केन्द्रलाई लक्षित गरेर गरेको बताएको छ। सेनाको दाबी अनुसार उक्त केन्द्रबाट इजरायलमाथि हमला गर्नको तयारी भइरहेको थियो।
तर लेबनान सरकारले यस आक्रमणलाई ‘जघन्य अपराध’ भन्दै कडा रूपमा निन्दा गरेको छ।
