आज:  | Wed, 06, May, 2026

सर्वोच्चको अन्तरिम आदेशपछि पनि सरकारद्वारा राजदूतहरूलाई फिर्ता बोलाउने पत्राचार

Avatar photo दिशा निर्देश १९ कार्तिक २०८२, मंगलवार ११:३१ मा प्रकाशित (६ महिना अघि)

वीरगञ्ज । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाएको भए पनि सरकारले सम्बन्धित राजदूतहरूलाई नेपाल फर्कन निर्देशन दिएको छ। परराष्ट्र मन्त्रालयले पत्र पठाउँदै उनीहरूलाई मन्त्रालयमा हाजिर हुन आग्रह गरेको हो।

गत आइतवार सर्वोच्च अदालतले राजदूतहरूलाई फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको थियो। तर, अदालतको आदेशपछि पनि मंगलबार प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीस्तरीय निर्णयबाट नेपाल फर्कन पत्र पठाइएको हो।

परराष्ट्र मन्त्रालयका सहसचिव सुरेन्द्रकुमार यादवद्वारा लेखिएको उक्त पत्रमा यही मंसिर २० गते (बिहीवार) भित्र मन्त्रालयसँग सम्पर्कमा आउन भनिएको छ। साथै, अर्को व्यवस्था नभएसम्म मन्त्रालयमा हाजिर रहन समेत भनिएको छ।

मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका लागि कार्यरत नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।


सम्बन्धित खबरहरु