आज:  | Wed, 06, May, 2026

धनुषामा बस–अटो ठोक्किँदा एकै परिवारका तीनसहित चारको मृत्यु

Avatar photo दिशा निर्देश १७ कार्तिक २०८२, आईतवार ०९:२० मा प्रकाशित (६ महिना अघि)

वीरगञ्ज। धनुषा र रुकुम पूर्वमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको ज्यान गएको छ। धनुषामा बस र अटो रिक्सा ठोक्किँदा एकै परिवारका तीन जनासहित चार जनाको मृत्यु भएको छ भने रुकुम पूर्वमा अटो दुर्घटनामा दुई जनाको ज्यान गएको हो।

धनुषामा भएको दुर्घटनामा ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, उहाँका भाइ ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अटो चालक ४० वर्षीय डम्बर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। सोही दुर्घटनामा घाइते भएका १४ वर्षीया शीतल मगर र ९ वर्षीय रोशन मगरको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

यस्तै रुकुम पूर्वको भुमे गाउँपालिका–१ स्यावालमा अटो दुर्घटनामा ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीय फिसोल्टी घर्तीको मृत्यु भएको छ। सो दुर्घटनामा घाइते भएका प्रतिक्षा बुढा, उनका ११ महिनाका छोरा सुभम बुढा, ब्युटी पुन, २ वर्षीया समृद्धी बुढा र ३ वर्षका सक्षम घर्तीलाई जिल्ला अस्पताल रुकुमकोटमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।


सम्बन्धित खबरहरु