आज:  | Wed, 06, May, 2026

वीरगञ्जमा जेनजी युवा कमिटी गठन, मुराद आलम संयोजक

Avatar photo दिशा निर्देश १५ कार्तिक २०८२, शुक्रबार १४:२७ मा प्रकाशित (६ महिना अघि)

वीरगञ्ज । वीरगञ्जमा आयोजित युवाहरूको भेलाले जेनजी आन्दोलनमा शहादत प्राप्त स्व. असहाब आलमका दाइ मुराद आलमको संयोजकत्वमा १०० सदस्यीय ‘जेनजी वीरगञ्ज युवा कमिटी’ गठन गरेको छ।

वीरगञ्जस्थित माल्ट होटलमा बसेको युवाहरूको भेलाले गठन गरेको उक्त समितिको उप–संयोजकमा जेनजी आन्दोलनमा घाइते भएका रेयाजुल हक चयन भएका छन्।

त्यसैगरी, सदस्यहरूमा सागर यादव, ज्ञानेन्द्र महतो, चन्दन महतो, वासिम शेख, नीरज जोशी, अनिश पटेल, समीर अन्सारीलगायत रहेका छन्।

समितिको सल्लाहकार समितिमा महादेव प्रसाद कुर्मी, सन्जय श्रेष्ठ र राहुल रौनियार रहेका छन् भने समन्वयकर्तामा सुधिर पटेल, वीरेन्द्र काण्ठ, रन्दिप श्रीवास्तव, जयशंकर यादव र अमन आलम रहेका छन्।

भेलाले जेनजी आन्दोलनका उद्देश्यहरूलाई युवास्तरमा सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।


सम्बन्धित खबरहरु