आज:  | Tue, 05, May, 2026

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको राजीनामा

Avatar photo दिशा निर्देश ३१ असार २०८२, मंगलवार ११:१८ मा प्रकाशित (९ महिना अघि)

वीरगंज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले आफ्नाे नाम ‘घुस डिल’सँग जोडेर भएको प्रचारपछि प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका हुन् ।

गुप्ताले सामाजिक सञ्जालमा लेख्दै पछिल्लो दिनहरूमा आफ्नो नाम घुस डिलमा जोडेर निरन्तर प्रचार भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, “कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भए ।”

लागेका आरोपको सत्य–तथ्य बाहिर ल्याउन अनुसन्धानमा सहज होस् भनेर राजीनामा दिएको उनले स्पष्ट पारेका छन् । गुप्ताले प्रविधिको दुरुपयोगबाट कोही पनि पीडित नहोऊन् भन्ने अपेक्षा पनि राखेका छन् ।

उनले लेखेका छन्, “अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाका साथ पूरा गर्ने प्रतिबद्धतासहित जनताको घरदैलोमा आउने प्रण गर्दछु ।”

गुप्ताले अहिलेसम्म विभिन्न रूपमा सहयोग गर्ने सबैप्रति आभार पनि व्यक्त गरेका छन् ।


सम्बन्धित खबरहरु