आज:  | Tue, 05, May, 2026

प्रतिनिधिसभाको बैठकमा मन्त्रीहरू मौखिक प्रश्नको जवाफ दिन संसदमा उपस्थिति हुने

Avatar photo दिशा निर्देश ३० असार २०८२, सोमबार ०९:०० मा प्रकाशित (९ महिना अघि)

काठमाडौं, असार ३० –संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठक संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ।

आजको बैठकमा छ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।
सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम छ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा बैठकमा पढेर सुनाउने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ।

त्यस्तै, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ लाई विचार गरियोस् भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा रहेको छ।


सम्बन्धित खबरहरु