आज:  | Tue, 05, May, 2026

वीरगञ्ज युवा समाजले गर्‍याे १ हजार पिस मास्क वितरण

Avatar photo दिशा निर्देश ५ कार्तिक २०७८, शुक्रबार १८:०२ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – वीरगञ्ज युवा समाजले यहाँका विभिन्न सामाजिक संस्थाहरुलाई मास्क र स्यानिटाइजर वितरण गरेको छ ।

कोभिडको जोखिम अझै कायमै रहेकाले भिडभाडमा जाँदा मास्क लगाएर मात्रै जानु पर्छ भन्ने सन्देस दिन संस्थाले निशुल्क मास्क र स्यानिटाइजर वितरण गरेको संस्थाका अध्यक्ष कमल चौगाइले बताए ।

संस्थाले रानीघाटमा रहेको मानव सेवा आश्रम, आदर्शटोलमा रहेको आमाको माया छात्रावास र छपकैयांमा रहेको यतिम खानामा मास्क र स्यानिटाइजर वितरण गरेको हो ।

स्वास्थ्य सुरक्षा महत्वपूर्ण रहेकाले आवश्यक स्वास्थ्य सतर्कताको प्रारम्भिक चरण मास्क प्रयोग रहेकाले १ हजार भन्दा बढी मास्कका साथै ६ थान स्यानिटाइजर ती संस्थाहरुलाई उपलब्ध गराइएको संस्थाका दिवश सिंह ठकुरीले बताए ।

मास्क तथा स्यानिटाइजर वितरण कार्यक्रममा संस्थाका सृष्टि विष्ट, सन्जिव थापा, रोशन गुप्ता, आदित्य चौगाईं, सुशील श्रेष्ठ, अमितकुमार गुप्ता, संचारकर्मी नवराज फुयाँल, अजित भुजेल लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित खबरहरु