वीरगञ्ज । पर्सा प्रहरीले २४० किलो प्रतिबन्धित लागुऔषध चरेससहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ का २९ वर्षीय ट्रक चालक सरोज मोक्तान र सोही ठाउँका २१ वर्षीय नवराज लो रहेका छन्।
प्रहरीका अनुसार शनिबार साँझ साढे ७ बजे वीरगन्ज–२२, जगरनाथपुर ढाट अगाडिबाट उनीहरूलाई पक्राउ गरिएको हो।
पर्सा प्रहरीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार, विशेष सूचनाको आधारमा ट्रकको जाँच गर्दा लुकाइराखिएको २४० किलो चरेस बरामद भएको हो। उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
