आज:  | Tue, 05, May, 2026

राष्ट्रियसभा बैठक आज बस्दै, तीन विधेयकमाथि छलफल हुने

Avatar photo दिशा निर्देश २७ जेष्ठ २०८२, सोमबार ०८:३६ मा प्रकाशित (११ महिना अघि)

काठमाडौं, जेठ २६ – संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज दिउँसो बस्दैछ। बैठक संसद भवन, नयाँबानेश्वरमा दिउँसो १:१५ बजे सुरु हुने कार्यक्रम रहेको छ।

आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल र पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यसैगरी, राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले जलस्रोत विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन्।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक, २०८० माथि प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको राष्ट्रियसभा सचिवालयले जानकारी दिएको छ।


सम्बन्धित खबरहरु