आज:  | Tue, 05, May, 2026

मेयर सिंहकाे पहलमा सुरु भयाे मितेरी पुल मर्मतकाे काम

Avatar photo दिशा निर्देश १९ असार २०७९, आईतवार १७:४३ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – वीरगञ्ज रक्सौल मितेरी पुलको मर्मतको काम आइतबारबाट सुरु भएको छ ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहको पहलमा मर्मतको काम सुरु भएको हो । वीरगञ्जको रजतजयन्ती चोकदेखि मितेरी पुलसम्मको सडक जीर्ण हुँदा पटक पटक सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् ।

महानगरपालिकाका प्रमुख सिंह आइतबार आफै मितेरी पुल पुगेर स्थलगत अवलोकन गर्दै जीर्ण सडक मर्मतको काम अघि बढाउन लगाएका हुन् ।

सडक विभाग अन्तर्गत रहेको यो पुल र सडक विभागले मर्मत नगर्दा वर्षौँदेखि जीर्ण छ ।

महानगरपालिकाले आफ्नै खर्चमा सडक मर्मतको काम अघि बढाएको हो ।

केही दिन अघि मात्रै मितेरी पुलमा रहेको खाल्डामा इरिक्सा पल्टँदा यात्रुहरु घाइते भएको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

जीर्ण सडकका कारण आउ जाउ गर्न कठीन भएकाले विभागको स्वीकृतीमै महानगरले काम अघि बढाएको हो ।


सम्बन्धित खबरहरु