आज:  | Tue, 05, May, 2026

मेयर साम्पाङद्वारा ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ दर्ताका लागि निवेदन

Avatar photo दिशा निर्देश १२ आश्विन २०८२, आईतवार १७:१२ मा प्रकाशित (७ महिना अघि)

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेका छन्।

उनका सहयोगीहरूका अनुसार साम्पाङले ‘श्रम संस्कृति पार्टी’ नाममा दल दर्ता गर्न निवेदन दिएका हुन्। आइतबार उनले स्वयं पनि निर्वाचन आयोगमा ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ दर्ता गराएको पुष्टि गरेका छन्।

तर, पार्टीको नेतृत्व संरचना, कार्यनीति वा अन्य सहयात्रीहरूको बारेमा भने साम्पाङ मौन रहेका छन्।

यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा समावेश हुन खोजेको प्रयास असफल भएपछि साम्पाङ धरान फर्किएका थिए। त्यतिबेलादेखि उनी सामाजिक सञ्जालमार्फत काठमाडौंका मेयर बालेन्द्र साहप्रति निरन्तर आक्रामक टिप्पणी गर्दै आएका छन्।

२०७९ सालमा स्वतन्त्र उम्मेदवारका रूपमा लौरो चुनाव चिह्न लिएर उठेका साम्पाङले अप्रत्याशित जीत निकाल्दै धरानको मेयर बनेका थिए।


सम्बन्धित खबरहरु