आज:  | Tue, 05, May, 2026

मधेश प्रदेशका मुख्यमन्त्रीले बनाए पत्नीलाई उपाध्यक्षको उम्मेदवार

Avatar photo दिशा निर्देश १३ बैशाख २०७९, मंगलवार १२:५८ मा प्रकाशित (४ साल अघि)

बीरगन्ज,१३ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नै श्रीमतीलाई उपाध्यक्ष पदको उम्मेदवार बनाएका छन् । मुख्यमन्त्री राउतले श्रीमती जलेखा खातुनलाई पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनाएका हुन् ।
खातुनले सोमबार गाउँपालिका उपाध्यक्षमा मनोनयन पत्र दर्ता गराएकी हुन् । जनता समाजवादी पार्टीबाट उनले पालिका उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।

सोमबार मात्र मधेश आन्दोलनका सहिद सोहन साह कलवारकी पत्नी विनिता साह कलवालाई जसपाले टिकट नदिएपछि उनले विवेकशील साझा पार्टीबाट वीरगन्ज १६ को वडा अध्यक्षमा उम्मेदवारी दिएकी छन् । जबकी सहिद पत्नि विनिता, २०७४ को निर्वाचनमा महिला सदस्यमा जसपाबाटै निर्वाचित भएकी थिइन् ।

पार्टी र राजनीतिमा सकृय नहरेकी खातुनलाई मुख्यमन्त्री राउतले आफ्नो जोडबलमा उपाध्यक्षको उम्मेदवार बनाएका हुन् ।


सम्बन्धित खबरहरु