आज:  | Tue, 05, May, 2026

प्रधानमन्त्री कार्यालयमातहत रहेका विभागहरू सम्बन्धित मन्त्रालयमा फिर्ता

Avatar photo दिशा निर्देश ९ आश्विन २०८२, बिहीबार १८:५९ मा प्रकाशित (७ महिना अघि)

काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेका तीन महत्वपूर्ण विभागलाई सम्बन्धित मन्त्रालय मातहत फिर्ता गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व अनुसन्धान विभागसम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहत रहनेगरी कार्यक्षेत्र तोकेको छ । त्यसैगरी, राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत सार्ने निर्णय पनि भएको छ ।

यसअघि यी विभागहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेका थिए । विस २०७४ को निर्वाचनमा एमाले–माओवादीले करिब दुई तिहाइ बहुमत ल्याएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १६ फागुन २०७५ मा यी विभागहरूलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए ।

ओलीले प्रधानमन्त्री कार्यालयमा शक्ति एकत्रित गर्ने उद्देश्यले गरेको उक्त कदमपछि सुरक्षा समन्वयमा कमजोरी आएको भन्दै आलोचना हुँदै आएको थियो । गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग गरी तीनवटा सुरक्षा अंग भए पनि अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत गएपछि समन्वयमा समस्या भएको स्पष्ट भएको थियो । २३ र ३४ भदौका आन्दोलनका क्रममा पनि त्यो झल्किएको सरकारको ठहर छ ।


सम्बन्धित खबरहरु