आज:  | Tue, 05, May, 2026

प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री ओलीले शीर्ष नेताहरूको बैठक बोलाए

Avatar photo दिशा निर्देश २० जेष्ठ २०८२, सोमबार १८:२२ मा प्रकाशित (११ महिना अघि)

काठमाडौं — प्रतिनिधिसभामा जारी गतिरोध र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्।

छलफलमा भिजिट भिसा प्रकरणमा विवादित बनेका गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका महासचिव देव गुरुङलगायत नेताहरूको उपस्थिति रहेको छ।

प्रतिनिधिसभा बैठक अवरुद्ध भइरहेका बेला सरकारले गम्भीर पहल थालेको हो। विपक्षी दलहरूले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद् सुचारु गर्न नदिने अडान लिइरहेका छन्। सोही विषयमा साझा समझदारी खोज्न प्रधानमन्त्री ओलीले यो बैठक आह्वान गरेका हुन्।

बैठकअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसँग छुट्टै छलफल गरेका थिए। साथै, उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवादसमेत गरेका थिए।


सम्बन्धित खबरहरु