आज:  | Tue, 05, May, 2026

पर्सा १ मा उम्मेद्वारी दिँदै वनमन्त्री यादवले भने आफूहरुकाे जित कसैले राेक्न सक्दैन

Avatar photo दिशा निर्देश २३ आश्विन २०७९, आईतवार १७:१५ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यकाे उम्मेद्वारी दर्ता गराएका छन् ।

जसपा एमाले गठबन्धनका साझा उम्मेदवार बनेका यादवले आइतबार दिउँसाे वीरगञ्ज स्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनाेनयन दर्ता गरेका हुन् ।

जसपाकाे केन्द्रीय राजनीतिक समिति सदस्य समेत रहेका यादव, २०७४ काे निर्वाचनमा पर्सा १ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

आइतबार मनाेनयन दर्ता पछि सन्चारकर्मीसंग कुरा गर्दै यादवले पर्साका चार वट‌ै प्रतिनिधिसभा र आठ वटै प्रदेश सभामा जसपा एमाले गठबन्धनका साझा उम्मेदवारहरुकाे जित सुनिश्चित रहेकाे दाबी गरे ।

उनले यसै पनि पर्सा जिल्लामा जसपा बलियाे अवस्थामा रहेकाे र त्यसमा एमालेसंग गठबन्धन गरिएकाले आफूहरुकाे जित कसैले राेक्न नसक्ने बताए ।

यादवले पर्सा १ मा आफू प्रतिद्वन्द्वी भन्दा अत्याधिक मतले पुन: निर्वाचित हुने ठाेकुवा गरे । २०७४ मा सांसदमा निर्वाचित भए यता आफू हर समय जनतामाझमै रहेकाले  यसपटक पनि पर्सा १ मा जितेर नयाँ ईतिहास रच्ने जिकिर गरे ।


सम्बन्धित खबरहरु