आज:  | Tue, 05, May, 2026

चुनावी घरदैलोमा पुगेका काँग्रेस उम्मेद्वार चौरसिया र पटेललाई गाउँगाउँमा भव्य स्वागत

Avatar photo दिशा निर्देश ६ कार्तिक २०७९, आईतवार १२:०३ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – पर्सा क्षेत्र नम्बर २ मा चुनावी घरदैलो गरिरहेका सत्तागठबन्धनका काँग्रेस उम्मेदवारहरुलाइ स्थानीय मतदाताले स्वस्फूर्त रुपमा समर्थन जनाउदै स्वागत गरिरहेका छन् ।

काँग्रेसबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्यका उम्मेदवार श्याम पटेलललाई ठाँउ ठाँउमा मतदाताहरुले खादा र अबीर टिका लगाएर समर्थन गर्दै आइरहेका छन् ।

आइतबार बिहान पनि पर्सागढ़ी नगरपालिका वडा नम्बर ४ मा पर्ने रतनपुर, हरदसपुर, छटैली, रघुनाथपुर, परशुरामपुर, बर्वाटाड़ी, सबैया र भेडाहा टोलमा चुनावी घरदैलोमा पुगेका चौरसिया र पटेललाई स्थानीय मतदाताले स्वागत गर्दै समर्थन जनाएका हुन् ।

त्यस क्षेत्रका मतदाताहरुले जनताको सुखदुखमा सँधै साथमा रहँदै आएका नेता भएका कारण उम्मेदवारद्वय चौरसिया र पटेललाई नै मत दिएर विजयी बनाउने बताए ।

यसअघि जितेका सांसद चुनाव जितेर गएपछि गाँउमा फर्किएर समेत नआएको कुरा आफूहरुले नबिर्सिएको भन्दै मतदाताहरुले क्षेत्रको विकास गर्ने र जनताको सुख दुखमा साथ दिने नेता आफूहरुलाई चाहिने बताए ।

त्यसक्रममा प्रतिनिधीसभा सदस्यका उम्मेद्वार चौरसियाले विगतमा सांसद र एक पटक मन्त्री हुँदा आफूले क्षेत्रमा गरेको कामको मुल्यांकन गरेर यसपालि फेरि अवसर दिन मतदातासंग आग्रह गरे । उनले अहिले चुनावी घरदैलोका क्रममा मतदाताहरुबाट पाइरहेको स्वागत र समर्थनले आफूलाई थप जिम्मेवार बनाएकाले जनताको भरोसा टुट्न नदिने गरि काम गर्ने वाचा पनि गरे ।

यस्तै प्रदेशसभा सदस्यका उम्मेदवार पटेलले पनि जनताबाट पाइरहेको अपार माया र समर्थनले आफुहरुको उर्जा झन थपिएको भन्दै यसपालि अवसर पाए मतदाताको चाहना अनुसार नै आफू अगाडि बढ्ने बताए ।

चुनावी घरदैलोमा काँग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन, पर्सागढी नगरपालिकाका पूर्व मेयर लोकनारायण यादव, पूर्व वडाअध्यक्ष, काँग्रेसका क्षेत्रीय सभापति रन्जित पटेल, युवा नेता धिरज गुप्ता, चन्दन सहनी, माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।


सम्बन्धित खबरहरु