आज:  | Tue, 05, May, 2026

गृहमन्त्री लेखकद्वारा गृह मन्त्रालयमा नीतिगत र संरचनागत सुधारको दाबी

Avatar photo दिशा निर्देश २८ जेष्ठ २०८२, मंगलवार १५:४३ मा प्रकाशित (१0 महिना अघि)

काठमाडौं — गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयमा नीतिगत, कानुनी र संरचनागत सुधारको प्रक्रिया अगाडि बढाइरहेको बताएका छन्।

संघीय संसद्को प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा बोल्दै उनले मन्त्रालयको नेतृत्व सम्हालेदेखि सुधारका कामलाई प्राथमिकतामा राखिएको स्पष्ट पारे।

गृहमन्त्री लेखकले सरकार गठन भएको र आफूले गृहमन्त्रीको जिम्मेवारी लिएको ११ महिना पुग्न लागेको उल्लेख गर्दै यस अवधिमा थुप्रै नीतिगत सुधारको पहल गरिएको बताए।

‘सरकार गठन भएको ११ महिना भइसक्यो, मैले पनि गृहमन्त्रीको रूपमा ११ महिना पूरा गर्दैछु,’ बैठकमा उनले भने, ‘यस अवधिमा गृह मन्त्रालयमा नीतिगत, कानुनी र संरचनागत सुधारको पहल गरिरहेको छु।’

उनका अनुसार मन्त्रालयभित्र पारदर्शिता, जवाफदेहिता र नागरिकमैत्री सेवा प्रवाहलाई सुदृढ बनाउने उद्देश्यले सुधारका कदमहरू उठाइएको छ।

 

 


सम्बन्धित खबरहरु