आज:  | Tue, 05, May, 2026

एडीबीसँग छलफल गर्न वीरगञ्जका मेयर सिंह काठमाण्डौमा

Avatar photo दिशा निर्देश १३ भाद्र २०७९, सोमबार १४:२५ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह एशियाली विकास बैंक (ADB) ले आयोजना गरेको छलफलमा भाग लिन सोमबार काठमाण्डौमा छन् ।

विपद् जोखिमका लागि आवश्यक प्राविधिक सहायकता उपलब्ध गराउन बैंकले १० लाख डलरको सहयोग स्वीकृत गरेसँगै वीरगञ्ज महानगरलाई गर्न सक्ने सहयोगको सम्बन्धमा छलफल गर्न कार्यक्रम गरिएकाे हो ।

बैंकले विपद्पछिको जीविकोपार्जन र साना व्यवसायको पुनःस्थापनाका लागि नियमन र नीति तर्जुमाका सम्बन्धमा छलफललाई विशेष जोड दिएको छ ।

छलफलमा नेपाल राष्ट्र बैंकका प्रतिनिधि, नेपाली सेना, विभिन्न वित्तीय क्षेत्रका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।

छलफलमा वीरगञ्जबाट महानगरका मेयर सिंह र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल सहभागि छन् ।

छलफल आजै सकिने र साँझ वीरगञ्ज फर्कने कार्यतालिका रहेकाे मेयरका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।


सम्बन्धित खबरहरु