आज:  | Thu, 07, May, 2026

बैदेशिक रोजगारमा रहेका परिवार र ठोरीका बित्तीय संस्थाका प्रतिनिधिहरु बीच अन्तरक्रिया 

Avatar photo दिशा निर्देश ३ बैशाख २०८०, आईतवार १६:५३ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज,०३ बैशाख ।  बैदेशिक रोजगारमा रहेका परिवार र ठोरीका बित्तीय संस्थाका प्रतिनिधिहरु बीच अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।

सुरक्षित आप्रवासन(सामी) कार्यक्रम अन्तरगत ठोरी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा साना किसान सहकारी संस्थाका अध्यक्ष खगेन्द्र श्रेष्ठ, रिलाएबल इन्स्योरेन्स बिजयबस्ती शाखाका प्रमुख जेतमन प्रसाद यादव, सयपत्री बचत तथा ऋण सहकारी संस्था बिजयबस्तीका सह ब्यबस्थापक गोपी श्रेष्ठ लगायतले ठोरीमा हाल रहेका बित्तीय संस्था र वैदेशिक रोजगारीमा रहेका परिवार बिचको सम्बन्ध र सहकार्यका बारेमा आफ्ना धारणाहरु राख्दै बित्तीय साक्षरता र मनोसामाजिक कक्षाका सहभागीहरुले उठाएका प्रश्नहरूको जवाफ प्रस्तुत गर्नुभएको थियो ।

ठोरी ४ का वडाध्यक्ष मान बहादुर थिङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण बित्तीय ठोरी गाउँपालिकाका बित्तीय साक्षरता सहजकर्ता हेम चापागाईंले गर्नुभएको थियो । कार्यक्रममा मनोसामाजिक परामर्शकर्ता लक्ष्मी कंडेल, रिटर्नी स्वयंसेवकहरु तथा ठोरीका बैदेशिक रोजगारमा रहेकाका परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित खबरहरु