आज:  | Tue, 05, May, 2026

बहुदरमाई नगर कार्यपालिका सदस्यमा एमाले र जसपा गठबन्धनका उम्मेद्वार विजयी

Avatar photo दिशा निर्देश १९ जेष्ठ २०७९, बिहीबार १८:२४ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – पर्साको बहुदरमाई नगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमाले र जसपाका ४/४ जना बिजयी भएका छन् । जसपा र नेकपा एमालेको गठबन्धनका उम्मेदवार कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् ।

बिहीबार भएको कार्यपालिका सदस्यको निर्वाचनमा ८ जना सदस्य मध्ये जसपा र एमालेका ४/४ जना उम्मेदवार विजयी भएका हुन् ।दलित वा अल्पसंख्य ससदस्यमा एमालेका मुखदेव साह कानु तथा जसपाका प्रदीप गुप्ता र रामरेखा सिंह निर्वाचित भएका छन् ।

महिला सदस्यमा भने एमालेकी नगिया देवी, समसा खातुन र सुनिता देवी तथा जसपाकी कुन्ति देवी र तेतरी देवी विजयी भएका हुन् । ८ जना कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा एमाले–जसपाले मिलेर मनोनयन दर्ता गराएका थिए भने कांग्रेसले एक्लै मनोनयन दर्ता गराएको थियो ।

बहुदरमाई नगरपालिकामा जसपाले प्रमुखसहित १ वडा अध्यक्ष, एमालेले उपप्रमुखसहित ४ वडाअध्यक्ष र कांग्रेसले ३ वडा अध्यक्ष र एक वडामा स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् ।


सम्बन्धित खबरहरु