वीरगञ्ज, १६ चैत । ठोरीमा फेरी बाघले एउटा गोठमा आक्रमण गरेको छ । बाघको आक्रमणबाट एउटा गोठ रित्तिएको केहि दिन नबित्दै बाघले आर्को गोठमा आक्रमण गरेको हो ।
ठोरी गाउँपालिका वडा नम्बर ४ मानाचोक निवासी नविन तामङको गोठमा बाघले आक्रमण गरेर चौपायालाई मारेको छ । पर्सा राष्ट्रिय निकुञ्जबाट गएराती गाउँ पसेको बाघले तामाङको गोठमा रहेको ५ वटा माउ बाख्रा, २ वटा खसि गरि ७ वटा चौपायालाई मारेको कुसुम बाटिका मध्यवर्ती उपभोक्ता समीतीका अध्यक्ष बुद्ध पाख्रीनले बताए ।
स्थानीयहरुले आक्रमण बारे बिहान निकुञ्जमा खबर गरेपछि आर्मी आर्मीसहितको टोलीले आज बिहान बाघलाई धपाएको पाख्रिनले जानकारी दिए । बाघले पटकपटक घरपालुवा जनावरलाई मार्दा पनि सम्बन्धि निकायले बाघलाई नियन्त्रणमा नलिई निकुञ्जमा छाडेको भन्दै स्थानीय आक्रोसित छन् । उनीहरुले बाघलाई नियन्त्रणमा लिन निकुञ्जसँग आग्रह गरेका छन् ।
गएको चैत ७ सात गतेपनि निकुञ्जबाट निस्कीएको पाटे बाघले ठोरीको घ्याङडाँडाका स्थानीय मिक्मर लामाको गोठमा पसि ६ वटा बाख्रा १ भैसिको बाडा मारेको थियो ।
