आज:  | Sat, 08, Feb, 2025

ग्लोबल बिजनेस कलेजलाई एनआइ कप – २०८१ को उपाधि

Avatar photo दिशा निर्देश १७ माघ २०८१, बिहीबार २१:४२ मा प्रकाशित (१ हफ्ता अघि)
Share

वीरगञ्जमा सम्पन्न नेशनल इन्फोटेक (एनआइ) कप – २०८१ ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि ग्लोबल बिजनेस कलेजले जितेको छ। चौथो संस्करणको फाइनलमा ग्लोबल बिजनेस कलेजले ज्ञानदा एकेडेमीलाई ७ रनले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो।

ग्लोबल बिजनेस कलेजले २० ओभरमा ८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टोलीका लागि आदर्श भण्डारीले ४३ रनको उत्कृष्ट योगदान दिए। ज्ञानदा एकेडेमीका रोबिन कुम्हाल, अफताब आलम, र गुड्डु यादवले २–२ विकेट लिँदै बलिङमा प्रभावशाली प्रदर्शन गरे।

८९ रनको लक्ष्य पछ्याएको ज्ञानदा एकेडेमीका ब्याटरहरू दबाबमा परे। मुन्ना यादव (१४ रन) र गुड्डु यादव (१५ रन) को प्रयासले टोलीलाई जिततर्फ डो¥याउन खोजे पनि ग्लोबलका बलरहरूको उत्कृष्ट प्रदर्शनका कारण ज्ञानदा ८१ रनमै समेटियो। करण विश्वकर्मा, राम किशुन मुखिया, र नीरज रायले समान २–२ विकेट लिएर टोलीलाई जित दिलाए।

प्रतियोगिताको फाइनल खेल अत्यन्तै प्रतिस्पर्धात्मक रह्यो। अन्तिम ओभरसम्म रोमाञ्चक बनेको खेलमा ग्लोबल बिजनेस कलेजले बलिङ र रणनीतिका कारण जित सुनिश्चित गर्‍यो।

विजेता टोलीलाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेश मान सिंहले ट्रफी प्रदान गरे। एनआइ कलेजका संस्थापक निर्देशक मनिष सिंहको सभापतित्वमा सम्पन्न समापन समारोहमा पर्सा क्रिकेट सङ्घलगायत विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। माघ ५ गतेदेखि सुरु भएको प्रतियोगितामा वीरगञ्जका ९ र हेटौँडाका १ गरी कुल १० टोलीले सहभागिता जनाएका थिए।


सम्बन्धित खबरहरु