आज:  | Sat, 08, Feb, 2025

शहिद दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Avatar photo दिशा निर्देश १६ माघ २०८१, बुधबार २०:५२ मा प्रकाशित (१ हफ्ता अघि)
Share

वीरगञ्ज । लिटिल एञ्जल्स स्कुलको आयोजनामा शहिद दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

प्रतियोगितामा विद्यालयका विभिन्न कक्षाका ३० जना विद्यार्थीले सहभागिता जनाएका थिए । विद्यालयका शिक्षकद्वय आर्यन श्रीवास्तव र तिर्थनारायण यादवले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगितामा कक्षा ९ की समृद्धि साह प्रथम स्थान हासिल गर्न सफल भइन् ।

कक्षा ८ मा अध्ययनरत आर्या नन्दनी दास द्वितिय हुँदा कक्षा ५ की सुशिला महतो तृतिय भइन् । कक्षा ३ का यज्ञ पटेल र आयुष मण्डल शान्तवना भए ।

वक्तृत्वकलामा सहभागि सबै विद्यार्थीको प्रस्तुतीको प्रसंशा गर्दै उनले जित्ने भन्दा पनि सिक्ने आकाङ्क्षा राख्न सुझाव दिए ।

कार्यक्रममा सनलाइट स्कुलका प्रिन्सिपल एवम् प्याब्सन वीरगञ्जका निवर्तमान अध्यक्ष आलोक कुमार चौरसिया, आइडियल स्कुलका सुमित कलवार, लिटिल बडी प्री–स्कुलका सञ्चालक विजय कुमार बल लगायतको उपस्थिती रहेको थियो ।


सम्बन्धित खबरहरु