आज:  | Sat, 08, Feb, 2025

स्वर्गीय श्रेष्ठको स्मृतिमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

Avatar photo दिशा निर्देश १३ माघ २०८१, आईतवार २२:५५ मा प्रकाशित (१ हफ्ता अघि)
Share

वीरगञ्ज १३ माघ : पर्सा जिल्लाका सितोरियो कराते प्रमुख प्रशिक्षक स्वर्गीय सुरेन्द्र श्रेष्ठको आत्माको चिरशान्तिका लागि श्रद्धाञ्जली कार्यक्रम भव्य रूपमा सम्पन्न गरियो।

कार्यक्रममा स्वर्गीय श्रेष्ठको स्मृतिमा दीप प्रज्वलन गर्दै उहाँको आत्माको चिरशान्ति एवं बैकुण्ठवासनाको कामना गरियो। यस अवसरमा भगवान् श्रीपशुपतिनाथले दिवंगत आत्मालाई बैकुण्ठ प्रदान गरून् र शोकाकुल परिवारलाई सहनशीलता र धैर्य प्रदान गरून् भनी प्रार्थना गरियो।

कार्यक्रममा सितोरियो कराते संघ पर्साका उपाध्यक्ष सुवास श्रेष्ठले श्रद्धाञ्जली कार्यक्रमको उद्देश्य तथा स्वर्गीय श्रेष्ठले खेलकुद क्षेत्रमा पुर्‍याउनुभएको योगदानको महत्त्वबारे प्रकाश पार्नुभयो। सहभागी खेलकुदप्रेमी, प्रशिक्षक, र खेलाडीहरूले दिवंगत गुरुप्रति गहिरो सम्मान व्यक्त गर्दै उहाँको अतुलनीय योगदानको स्मरण गरे।

यो श्रद्धाञ्जली कार्यक्रम वीरगञ्जको ऐतिहासिक स्थल घण्टाघरमा आयोजना गरिएको थियो। कार्यक्रममा नेपाल खेलकुद परिषद्, नेपाल कराते महासंघ, नेपाल सितोरियो कराते संघ, नेपाल तेक्वान्दोका प्रशिक्षक र खेलाडी , सिनक्योकुसिन करातेका प्रशिक्षक र खेलाडी पर्सा जिल्ला नेपाल सितोरियो कराते का खेलाडीहरू लगाएत
अन्य खेलकुद संघ–संस्थाका प्रतिनिधिहरू, प्रशिक्षक, खेलाडी, र खेलकुदप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले स्वर्गीय श्रेष्ठको आत्मालाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै खेलकुद क्षेत्रको विकासमा उहाँले पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गर्‍यो। कार्यक्रमले उहाँप्रति सम्मान प्रकट गर्दै नयाँ पुस्तालाई उहाँको योगदानबाट प्रेरणा लिन पनि आह्वान गर्‍यो।


सम्बन्धित खबरहरु