आज:  | Sat, 08, Feb, 2025

लोसपाका केन्द्रीय सदस्यहरू जसपा प्रबेश

Avatar photo दिशा निर्देश १२ माघ २०८१, शनिबार १८:२० मा प्रकाशित (२ हफ्ता अघि)
Share

विरगन्ज । लोकतान्त्रिक समाजवादि पार्टी (लोसपा) का नेताहरु जनता समाजवादी पार्टी (जसपा) प्रवेश गर्नु भएको छ ।

आज पर्साको विरगन्जमा आयोजित एक कार्यक्रममा लोसपाका केन्द्रीय सदस्य तथा मधेश आन्दोलनका अगुवा पर्साको बहुदरामाई नगरपालिका-९ का स्थानीयवासी जटाशंकर गुप्ता लगायतको टोलि जसपा प्रवेश गर्नु भएको हो ।
यसैगरि लोसपाकै केन्द्रीय सदस्य एवं वीरगंज-५ निवासी अवस्थित जोशी जनता समाजवादी पार्टी (जसपा)मा प्रबेश गर्नु भएको हो ।

नव प्रवेशीहरूलाई जसपाका केन्द्रीय अध्यक्ष अशोककुमार राई, उपमहासचिव एवं खानेपानी मन्त्री प्रदीप यादव लगायतका नेताहरूले पार्टीमा स्वागत गर्नु भएको थियो ।

नव प्रवेशिहरूको पार्टीमा प्रवेशले जसपाको सिद्धान्त र उद्देश्यप्रति भरोसा र समर्पणलाई अझ मजबुत बनाउने उपमहासचिव एवं संघीय मन्त्री प्रदीप यादवले बिश्वास ब्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो, `समाज परिवर्तन र समृद्धिको यात्रामा हामीले लिएका कदमहरूमा उहाँजस्तो ऊर्जावान युवा र अनुभवी अनुहारले पार्टी संगठनको निर्माणमा उचाई पाउने छ।´


सम्बन्धित खबरहरु