आज:  | Sat, 08, Feb, 2025

पूर्व प्रहरी निरीक्षक कुशवाहा जसपा प्रवेश

Avatar photo दिशा निर्देश ११ माघ २०८१, शुक्रबार १९:१२ मा प्रकाशित (२ हफ्ता अघि)
Share

विरगंज । पर्सा जिल्ला छिपहरमाई गाउँपालिका वडा नं ५ का स्थायीवासी तथा पूर्व प्रहरी निरीक्षक अरुण कुमार कुशवाहा जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्नु भएको छ ।

जसपाका उप–महासचिव समेत रहनु भएका संघीय खानेपानीमन्त्री प्रदीप यादवले आज यहाँ आयोजित एक कार्यक्रम बीच उहाँलाई पार्टी प्रवेश गराउनु भएको मन्त्री यादवका स्वकीय अधिकृत हरिन्द्र साहले जानकारी दिनुभयो ।
पूर्व प्रहरी निरीक्षक कुशवाहा लाई प्रवेश गराउन पाएकोमा आफु निकै खुशी भएको मन्त्री यादवले बताउनु भएको छ ।

“ आज मिति २०८१ माघ ११ गते, जनता समाजवादी पार्टी (जसपा), मा पर्सा जिल्ला, छिपहरमाई गाउँपालिका, वडा नं. ५ निवासी पूर्व प्रहरी निरीक्षक अरुणकुमार कुशवाहा जसपा)मा प्रवेश गर्नु भएको छ । नवप्रवेशी कुशवाहा ज्युलाई पार्टी मा स्वागत गरेको छू ।” उप–महासचिव एवम् मन्त्री प्रदीप यादवले समाजिक सञ्जालमा उल्लेख गर्नु भएको छ ।


सम्बन्धित खबरहरु