आज:  | Sat, 08, Feb, 2025

अखिल (क्रान्तिकारी) को केन्द्रिय सचिवमा मिरोज अहमद निर्विरोध निर्वाचित

Avatar photo दिशा निर्देश ११ माघ २०८१, शुक्रबार ०८:३३ मा प्रकाशित (२ हफ्ता अघि)
Share

वीरगञ्ज । अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनमा मिरोज अहमद केन्द्रिय सचिव (मुस्लिम) पदमा निर्विरोध निर्वाचित भएका छन्। एक मात्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा रहे पनि उनीविरुद्ध दाबीविरोध भएपछि अन्ततः निर्विरोध निर्वाचित भएका हुन्।

मिरोज अहमद यसअघि संगठनको केन्द्रिय सदस्य समेत भइसकेका अनुभवी विद्यार्थी नेता हुन्। आफ्नो कार्यकालमा विद्यार्थीको हकहित, शिक्षा प्रणाली सुधार, र प्रविधिको समायोजनमा विशेष ध्यान दिने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

सम्मेलनमा उपस्थित सम्पूर्ण प्रतिनिधिहरूलाई धन्यवाद व्यक्त गर्दै, मिरोजले संगठनलाई थप सशक्त र समावेशी बनाउने आफ्नो योजना साझा गरे।

 


सम्बन्धित खबरहरु