आज:  | Sat, 08, Feb, 2025

महिला विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल आज स्कटल्याण्डसँग भिड्दै

Avatar photo दिशा निर्देश ७ माघ २०८१, सोमबार ११:०७ मा प्रकाशित (२ हफ्ता अघि)
Share

आईसीसी यू-१९ टी (२०) महिला विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग भिड्दै छ।

नेपाली समय अनुसार यो खेल सोमबार मध्याह्न सवा १२ बजे मलेसियामा सुरु हुनेछ। विश्वकपमा डेब्यू गरेको नेपाल गएको शनिबार भएको पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो।

नेपालले टस हारेर पहिले बंगलादेशविरुद्ध ब्याटिङ गरेको थियो। नेपालले दिएको ५३ रनको कमजोर लक्ष्य बंगलादेशले ५ विकेट गुमाएर १३.२ ओभरमै पुरा गर्‍यो।

आजै हुने सोही समूहको पहिलो खेलमा अस्ट्रेलिया र बंगलादेश भिड्ने छन्।

आइतबार भएको खेलमा नेपालकी पुजा महतो, रिया शर्मा, सीमाना केसी र रचना धौधरीले समान एकएक विकेट लिएका थिए।

विश्वकपमा छनोट भएपछि गत महिना एसीसी यू-१९ एसिया कपमा पाकिस्तानलाई पराजित गर्दै नेपालले ऐतिहासिक जित हात पारेको थियो। प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपाललाई सुपर-६ मा पुग्न कम्ति एउटा खेल जित्नुपर्छ। यो समूहमा नेपालसँगै बंगलादेश, अस्ट्रेलिया र स्कटल्यान्ड छन्।

प्रत्येक समूहबाट समान तीनरतीन टोली सुपर ६ मा पुग्नेछन्। सुपर ६ मा दुई समूह हुनेछन्। दुवै समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनल खेल्नेछन्। नेपालले यही माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ।


सम्बन्धित खबरहरु