काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछामाथि आजदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु हुँदैछ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई आज १० बजे इजलासमा उपस्थित गराउने गरी हिजो न्यायिक हिरासतमा राख्न आदेश गरेको थियो।
कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिवार ६५ लाख रुपैयाँ धरौंटी बुझाएर रिहा भएका थिए । कास्कीबाट छुटे पनि शुक्रबार जिल्ला अदालत, काठमाडौंमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी हिजो काठमाडौं अदालतमा उपस्थित भएका थिए ।