आज:  | Sat, 08, Feb, 2025

वीरगञ्जको साउथ जोन स्कुलका विद्यार्थीहरुको लागि उत्प्रेरणा तालिम

Avatar photo दिशा निर्देश २८ पुष २०८१, आईतवार २१:४९ मा प्रकाशित (३ हफ्ता अघि)
Share

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहले वीरगञ्जको ऐतिहासिक र धार्मिक स्थलहरूको जानकारी यहाँ बसोबास गर्ने प्रत्येक व्यक्तिले राख्नुपर्नेमा जोड दिएका छन् ।

साउथ जोन माध्यमिक विद्यालयद्वारा विद्यार्थीहरूको आत्मबल बढाउन आयोजित एक दिने उत्प्रेरणा तालिमको उद्घाटन गर्दै मेयर सिंहले वीरगञ्जको विषयमा सही जानकारी राखेर मात्र धारणा बनाउन आग्रह गरे । उनले वीरगञ्जका ऐतिहासिक र धार्मिक स्थलहरूको विकासले मात्र यस क्षेत्रको समग्र विकास सम्भव हुने बताए ।

कार्यक्रममा मेयर सिंहले वीरगञ्जका सामुदायिक र संस्थागत विद्यालयहरूलाई वीरगञ्जको इतिहास र सांस्कृतिक धरोहरबारे जानकारी गराउन अनुरोध गरे । उनले काम गर्नेहरूकै आलोचना हुने उल्लेख गर्दै आलोचनालाई सकारात्मक रूपमा लिँदै सुधारेर अघि बढ्न सुझाव दिए । साथै, विद्यार्थीहरूलाई वीरगञ्जको विकासका लागि आफ्ना सुझाव दिन आग्रह गर्दै उनीहरूलाई ऊर्जाको स्रोतको रूपमा वर्णन गरे ।

साउथ जोन माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय सदस्य छेडुप लामा, प्रेस सेन्टरका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, प्याब्सनका पूर्व केन्द्रीय सदस्य प्रकाश उपाध्यायलगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए ।

सो अवसरमा प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष सुशीला साह, उपाध्यक्ष वीरेन्द्र प्रसाद यादव, महानगर अध्यक्ष राहुल श्रीवास्तव, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाई, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, मानव सेवा आश्रमका देवेश गुप्ता, जसपा वीरगञ्ज महानगर अध्यक्ष इश्वर यादव, थारु विद्यार्थी समाजका केन्द्रीय सचिव विकास चौधरीलगायतको उपस्थिति थियो ।

कार्यक्रमको सहजीकरण साउथ जोन माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक तथा प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले गरेका थिए ।


सम्बन्धित खबरहरु