सिरियाली सञ्चारमाध्यमका अनुसार इजरायलले सिरियाको राजधानी दमास्कसलगायत देशका विभिन्न क्षेत्रमा अवस्थित धेरै सैन्य अखडामा दर्जनौँ हवाई हमला गरेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार इजरायलले रासायनिक हतियार उत्पादन गर्ने संदिग्ध अनुसन्धान केन्द्रमा पनि आक्रमण गरेको छ।
इजरायलले असद सरकारको पतन पछि “हतियारहरू अतिवादीहरूको हातमा पर्न नदिन” आक्रमण गरिरहेको बताएको छ।