आज:  | Mon, 13, Jan, 2025

रवि लामिछानेसँग आजबाट बयान लिइने

Avatar photo दिशा निर्देश २५ मंसिर २०८१, मंगलवार ०९:३० मा प्रकाशित (१ महिना अघि)
Share

पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग आजबाट बयान लिइने भएको छ। पोखराबाट काठमाडौँ हुँदै वीरगञ्ज ल्याइएका लामिछानेसँग आजबाट बयान सुरू गर्न लागिएको हो ।

हिजो साँझ उनको स्वास्थ्य परिक्षण गरिएको थियो, जसअनुसार उनको ब्लड प्रेसर १६०–११० मापन गरिएको थियो ।

सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले बयानका लागि यहाँ ल्याइएको जनाएको छ ।

सहकारी ठगी गरेको भन्दै पक्राउ परेका लामिछानेलाई गत गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो ।

जिबी राई नेतृत्वको सहकारीहरूबाट ग्यालेक्सी टेलिभजनमा लगानी गर्दा उनी पनि संलग्न भएको उजुरीपछि उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो । त्यसपछि सोही प्रकरणमा कास्कीसहित रूपेन्देही, काठमाडौँ, चितवनमा उनको बयान लिइसकेको छ । अब मंगलबार बिहानबाट उनको वीरगञ्जमा बयान सुरू हुनेछ ।


सम्बन्धित खबरहरु