आज:  | Sun, 20, Apr, 2025

एपेक्स म्यानेजमेन्ट कलेजद्वारा बीबीए विद्यार्थीहरूको लागि अभिमुखीकरण

Avatar photo दिशा निर्देश १२ कार्तिक २०८१, सोमबार ०८:२१ मा प्रकाशित (५ महिना अघि)
Share

वीरगञ्ज । वीरगञ्जस्थितत एपेक्स म्यानेजमेन्ट कलेजले बीबीएमा भर्ना भएका विद्यार्थीहरूको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

सुदूर पश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एपेक्स म्यानेजमेन्ट कलेजले मकवानपुरको थाहा नगरपालिकास्थित टिस्टुङ्मा रहेको ॐ अध्याय रिट्रिट रिसोर्टमा अभिमुखीकरण सम्पन्न गरेको हो । कलेजका संचालक समिति अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका डीन प्राध्यापक डा. पदम राज जोशीले गरेका थिए ।

प्रमुख अतिथि प्रा.डा. जोशीले एपेक्स कलेजको यो वर्षको पहिलो ओरिएन्टेसन कार्यक्रम भएको बताउँदै, कलेजले अवलम्बन गरेको नीति अनुसार अघि बढ्दा उत्कृष्ट नतिजा दिन सक्ने विश्वास व्यक्त गरे । उनले स्तरिय पठनपाठन, मर्यादित परीक्षा, तथा स्थायित्वपूर्ण संस्थापनामा जोड दिँदै विद्यार्थीहरूको भविष्य सुनिश्चित बनाउनका लागि सुझाव समेत दिएका छन् ।

कलेजका एकेडमिक डायरेक्टर दर्शन केसिले कलेजले भविष्यमा गर्ने अतिरिक्त क्रियाकलाप, पठनपाठन प्रणाली, तथा विद्यार्थीहरूको आचारसंहिता सम्बन्धमा विस्तृत प्रस्तुतीकरण दिएका थिए । यस अवसरमा कलेजका संचालकहरू बिनोद कुमार गुप्ता, सुरेश चौधरी, वीरगञ्ज कलेजका संयोजक राजेश्वर चौधरी, शिक्षक कृष्ण पासवान, तथा शिक्षक एवं कर्मचारीहरू दिपेन्द्र कानु, जितेन्द्र पटेल, समीक्षा श्रेष्ठ, रामनरेश यादवलगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।


सम्बन्धित खबरहरु