आज:  | Tue, 17, Jun, 2025

मधेस प्रदेशका मुख्यमन्त्रीद्वारा पोखरिया अस्पतालको स्तरोन्नति गर्ने प्रतिबद्धता

Avatar photo दिशा निर्देश १२ कार्तिक २०८१, सोमबार ०७:१२ मा प्रकाशित (७ महिना अघि)
Share

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पर्सा जिल्लाको पोखरिया अस्पतालको स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका छन्।

पर्साको जगरनाथपुर गाउँपालिकाको सुहपुरमा आइतबार आयोजित जनमत पार्टीको कार्यक्रममा सहभागी हुन जाने क्रममा मुख्यमन्त्री सिंहले पोखरिया अस्पतालको स्थलगत अनुगमन गरे। अनुगमनपछि उनले अस्पतालको भौतिक पूर्वाधार सुधार, जनशक्ति तथा उपकरणको आवश्यकता प्रदेश सरकारले पूरा गर्ने आश्वासन दिए।

अस्पतालको सुधारको माग गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता तथा कार्यकर्ताहरूले असोज १३ गतेदेखि ११ दिनसम्म अस्पतालमै धर्ना दिएका थिए।

मुख्यमन्त्री सिंहको यस प्रतिबद्धतासँगै पोखरिया अस्पतालको सुधार कार्यले थप गति लिने अपेक्षा गरिएको छ।


सम्बन्धित खबरहरु