आज:  | Thu, 10, Jul, 2025

युवा तथा खेलकुद मन्त्री चौधरीद्वारा नारायणी रंगशालाको निरीक्षण

Avatar photo दिशा निर्देश १६ भाद्र २०८१, आईतवार १४:०० मा प्रकाशित (१0 महिना अघि)
Share

वीरगञ्ज । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले वीरगञ्जको नारायणी रंगशालाको अनुगमन एवम् निरीक्षण गरेका छन् । आइतवार बिहान मन्त्री चौधरीले अनुगमन एवम् निरीक्षण गर्दै आफ्नै कार्यकालमा नारायणी रंगशालाको पुर्ननिर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालको पहलमा संघीय सरकार र प्रदेशका सरकारका मन्त्रीले सयुँक्त रुपमा रंगशालाको निरीक्षण गरेका हुन् । निरीक्षण गर्दै मन्त्री चौधरीले ठूलो क्षेत्रफलमा रहेको रंगशाला जिर्ण भएकोमा चिन्ता व्यक्त गर्दै पुर्ननिर्माण र मर्मत सम्भारको प्रक्रिया अघि बढाउने आश्वासन देखाएका छन । उनले भने, ‘यति राम्रो रंगशाला हुँदा पनि व्यवस्थापन हुन सकेको छैन । जीर्ण अवस्थामा छ । व्यापक रुपमा सामाजिक सञ्जाल र सञ्चार माध्यममा हेरेपछि अवलोक गर्न यहाँ आएको हुँ । मैले नारायणी रंगशालालाई एकदम प्राथमिकता दिएको छु ।’
मधेश प्रदेशका तीन वटा रंगशालाका लागि सरकारले बजेट नछुट्याइएको बताउँदै उनले आफुले माग गरेर बजेट बिनियोजन गर्ने आश्वासन पनि दिएका छन् । एघारौ खेलकुद प्रतियोगिता वीरगञ्जसहित मधेश प्रदेशमा सञ्चालन गर्ने तयारी भइरहेको हुँदा त्यसका लागि पनि रंगशालाको मर्मतसम्भार गर्नुपर्ने उनले बताए । जनकपुर र वीरगञ्जका रंगशालाको डिपिआर मागिएको र निर्माण तथा मर्मत सम्भारका लागि पनि प्रक्रिया थालिएको उनले बताए ।
स्थानीय तहले सहकार्य गरेर आवश्यक पर्ने कभर्ड हल लगायतका संरचना बनाउनुपर्नेमा जोड दिँदै उनले विकासको मामिलामा नेपाल सरकार बाधक नबनेर समन्वय गर्न तयार रहेको बताए ।

 


सम्बन्धित खबरहरु