आज:  | Mon, 13, Jan, 2025

जसपा नेपाल पर्साका सहइन्चार्ज यादवले दिए राजीनामा

Avatar photo दिशा निर्देश १३ भाद्र २०८१, बिहीबार ०८:४२ मा प्रकाशित (४ महिना अघि)
Share

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साका सहइन्चार्ज दिपक यादवले राजीनामा दिएका छन । जसपा नेपालका मधेश प्रदेश अध्यक्षलाई सम्बोधन गर्दै उनले पर्सा जिल्ला सहइन्चार्ज पदबाट राजीनामा दिएका हुन ।

पर्साको पटेर्वासुगौली गाउँपालिका निवासी दिपक यादवले स्थानीय तहको निर्वाचनको तयारीका लागि पालिका र क्षेत्रमै समय व्यतित गर्नुपरेको हुँदा पार्टीका लागि समय दिन नसक्ने राजीनामा पत्रमा उल्लेख गरेका छन ।

राजीनामा पत्रमा उनले पर्सा जिल्लाको सहइन्चार्जसँगै मधेश प्रदेश समितिको लेखा आयोगको सदस्यबाट पनि राजीनामा दिएको उल्लेख गरेका छन् ।

मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतका स्वकिय सचिव समेत रहीसकेका यादवलाई २० श्रावण २०८० मा बसेको पार्टीको मधेश प्रदेश समितिको बैठकले पर्सा जिल्ला सहइन्चार्जको जिम्मेवारी दिएको थियो ।

यसअघिको स्थानीय तहको निर्वाचनमा पनि उनले पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका थिए । ४६९ मत मात्रै ल्याएर उनको जमानत जफत भएको थियो ।

 

 

 


सम्बन्धित खबरहरु