आज:  | Tue, 17, Jun, 2025

आईसीसीको अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित

Avatar photo दिशा निर्देश १२ भाद्र २०८१, बुधबार ०७:४२ मा प्रकाशित (९ महिना अघि)
Share

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित भएका छन्।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)का सचिव र एसियाली क्रिकेट काउन्सिलको अध्यक्ष रहेका साह निर्विरोध आईसीसी अध्यक्ष बनेका हुन्।

उनी २०१९ बीसीसीआईको सचिव र २०२१ देखि एसियाली क्रिकेट काउन्सिलको अध्यक्ष थिए। आईसीसीको अध्यक्षको जिम्मेवारी उनले डिसेम्बर १ देखि ग्रहण गर्नेछन्।

वर्तमान अध्यक्षले तेस्रो कार्यकालका लागि उम्मेदवारी नदिएपछि अध्यक्ष पदमा शाहको उम्मेदवारी परेको थियो। शाह निर्विरोध निर्वाचित भएसँगै वर्तमान अध्यक्ष ग्रेग बार्कले दुई कार्यकालपछि बिदा लिने भएका हुन्।

निर्विरोध निर्वाचित भएपछि उनले क्रिकेटको विश्वव्यापी पहुँच र लोकप्रियतालाई अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्।


सम्बन्धित खबरहरु