आज:  | Mon, 13, Jan, 2025

नमेटिने घाउ यहि भदौ ७ गते नेपाल भरि एकैसाथ प्रदर्शन हुने

Avatar photo दिशा निर्देश ३ भाद्र २०८१, सोमबार ०९:४३ मा प्रकाशित (४ महिना अघि)
Share

तेजाब पीडितहरुको सत्यकथामा आधारित चलचित्र ” नमेटिने घाउ ” यहि भदौ ७ गते शुक्रबार  नेपाल भरि एकैसाथ प्रदर्शन हुने चलचित्रका निर्माता एवं निर्देशक रमित ढुङ्गानाले  पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका छन ।

वीरगञ्जको होटेल कन्ट्रिईनमा शनिवार पत्रकार सम्मेलन गर्दै निर्देशक ढुङ्गानाले यस  फिल्ममा मुख्य गरि एसिड् आक्रमणमा परेका व्यक्तिहरुको  पीडा र कहिले पनि शारीरिक र मानसिक रुपमा”  नमेटिने घाउ ” को बारेमा र एसिड आक्रमण गर्नेहरुलाई सरकारले आजिवन कैदको सजाय हुनु पर्ने माग सहित तयार पारिएको यो फिल्म सबैले एक चोटि हेर्नै पर्ने निर्देशक ढुङ्गानाले बताए ।

यो चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पिडितहरुको कथालाई समेटेर तयार पारेको फिल्म हो ।

यसमा प्रधानमन्त्री केपि शर्मा ओलि , पुर्व प्रधानमन्त्री माधव नेपाल , प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल , राप्रपाका नेता ज्ञानेन्द्र शाहि , एसिड पीडित मुस्कान खातुन , प्राप्ति पौडेल , लिजा कोरानि , रोजल थापा, कमल देवकोटा लगायत १२५ जनाले अभिनय गरेको बताए ।

३ करोडको लागतमा निर्माण गरेको फिल्म ५८ दिनमा तयार गरेको बताए । अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण गरेको यो चलचित्रमा शिवम अधिकारीको कथा र पटकथा छ ।निरज कन्डेलको छायांकन , बनिश साहको सम्पादन , ओम सुनारको संगीत र किरण ढकालको एक्सन रहेको छ  ।


सम्बन्धित खबरहरु