आज:  | Mon, 13, Jan, 2025

काभा महिला भलिबल नेसन्स लिगमा नेपालको सुखद सुरुवात

Avatar photo दिशा निर्देश १७ श्रावण २०८१, बिहीबार २०:४५ मा प्रकाशित (५ महिना अघि)
Share

काभा महिला भलिबल नेसन्स लिग प्रतियोगिताअन्तर्गत आजको दोस्रो खेलमा भारतले इरानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा भारतले इरानलाई ३–१ को सेटमा पराजित गरेको हो ।

खेलको पहिलो र दोस्रो सेट भारतले २५–२० र २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा इरानले पुनरागमन गर्दै २५–१९ ले खेल जित्यो । त्यसपछिको सेटमा इरानलाई २५–१० ले पराजित गरेपछि भारतको जित पक्का भयो ।

प्रतियोगिताअन्तर्गत आजै भएको पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको थियोे । श्रीलंकालाई पराजित गर्दै नेपालले सुखद सुरुवात गरेको छ । नेपालले यही शनिवार भारतसँग खेल्नेछ ।


सम्बन्धित खबरहरु